२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

बागमती नदीमा छाडियो मेलम्चीको पानी

Nada
२०८१ मंसिर १४ गते १३:१४
Shares
बागमती नदीमा छाडियो मेलम्चीको पानी

काठमाडौँ : बाला चतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । 

आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

उनले भने, “बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ ।” 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्य कार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर