२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

Nada
२०८३ कार्तिक १९ गते १२:४५
Shares
प्रधानमन्त्री शाह र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणका क्रममा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री वालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् ।

प्रधानमन्त्री शाहसँगको भेटमा उनले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गरे । भेटमा दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विविध आयामबारे सकारात्मक कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय विदेश सचिवको यो भ्रमणलाई कूटनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ । दुई देशबीचका केही बाँकी रहेका विषयहरूमा समझदारी निर्माण गर्न र उच्च तहको निरन्तर संवाद कायम राख्न यस्ता भ्रमणले पुलको काम गर्ने विज्ञहरूको बुझाइ छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर