२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

रामेछाप दुर्घटना : गोकुलगंगा–४ का वडाध्यक्ष बस्नेतको मृत्यु

Nada
२०८१ मंसिर १४ गते १५:२६
Shares
रामेछाप दुर्घटना : गोकुलगंगा–४ का वडाध्यक्ष बस्नेतको मृत्यु

रामेछाप : रामेछापमा भएको गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।

ncell

शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको गाडी गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ ।

१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

ताजा खबर

सम्बन्धित खबर