२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

बाढीको चपेटामा परेको च्यासल रंगशालामा कहिले जाला ध्यान ? (तस्बिरसहित)

shivam cement
मध्यान्ह
२०८१ मंसिर १५ गते १२:२८
बाढीको चपेटामा परेको च्यासल रंगशालामा कहिले जाला ध्यान ? (तस्बिरसहित)

ललितपुर : दशरथ रंग शालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा स्तरोन्नति गरिएको ललितपुरको च्यासल रंगशाला गत असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

अखिल नेपाल फुटबल संघले च्यासलमा टेक्निकल सेन्टरको रूपमा स्थापना गरेको सो टेक्निकल सेन्टरलाई पछि रंगशालाको स्वरूप दिएर वैकल्पिक मैदानका रूपमा स्तरोन्नति गरिएको हो  । राखेपले २०७६ असारमा निर्माण कार्यको सुरुवात गरेको सो रंगशालाको उद्घाटन तत्कालीन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ फागुन १६ गते मंगलबार गरेका थिए ।

डाँफे जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि ६ महिनाका दरले ६ पल्ट म्याद थपेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको सो रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।

भ्याट बाहेक २८ करोडमा निर्माण सम्पन्न गरिएको सो रंगशाला मनोहरा खोला र बागमतीको सङ्गमबाट करिब १०० मिटरको दूरीमा रहेको च्यासल मैदान मनोहरा खोलाकै किनारमा अवस्थित छ ।  २०७८ भदौ २२ र २०७९ साउन २५ गतेको बाढी रंगशालामा पसेको थियो भने २०८१ असोजको बाढीले भने रंगशाला खेल खेल्ने नहुने गरी क्षति पुर्‍याएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा सञ्चालन  भएको च्यासल रंगशाला स्तरोन्नतिको काम पाँच वर्ष लगाएर सकिएको थियो भने यो रंगशाला पुनर्निर्माणका लागि २८ करोड रुपैयाँ (भ्याटबाहेक) खर्च भएको थियो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


 

ADV

सम्बन्धित खबर

Advertise