काठमाडौं : पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले आज भएको खेलमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अङ्कले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटले हरायो । यस्तै अर्को खेलमा आर्मीले भरतपुरलाई २५–८, २५–२० र २५–१० अङ्कले पराजित गरेको हो ।
विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies