२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा शैक्षिक सामग्री वितरण

draupadi film
भरत प्रधान
२०८१ मंसिर १५ गते १९:०१
अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा शैक्षिक सामग्री वितरण

लिस्बन : बागलुङको अमलाचौरस्थित सरंगीमा रहेको लक्ष्मीनारायण आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजको सहयोगमा उक्त विद्यालयमा अध्यनरत बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरिएको हो ।

समाजका उपाध्यक्ष भीम केसीले जिल्लास्थित विद्यालय पुगेर एक कार्यक्रमका बीच बालबालिकालाई शैक्षिक सामग्री तथा पोसाक वितरण गरेको संस्थाले जनाएको छ । विद्यालयमा अध्यनरत गरिब, जेहेन्दार तथा पिछडिएका माझी समुदायका ४५ जना बालबालिकालाई झोला, कापीकलम, जुत्ता, पोसाकलगायतका सामग्री सहयोग स्वरुप प्रदान गरिएको समाजका उपाध्यक्ष केसीले बताए ।

माझी समुदायका बालबालिकाको पठनपाठनमा थोरै भएपनि सहयोग पूगोस् भन्ने उद्देश्यले समाजले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरेको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise