काठमाडौंः आइतबार नेप्से परिसूचक घटेको छ । आज शेयर बजार ९.९९ प्रतिशतले घटेर २,७३८ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर छ ।
बजार घट्दा पनि विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने जानकी फाइनान्सको मूल्य १० प्रतिशतले नै घटेको छ ।
समूहगत रुपमा विकास बैंक समूह आज ४.५ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह ९ प्रतिश र होटल तथा पर्यटन समूह ०.३० प्रतिशतले बढेको छ ।
आज बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूहको मूल्य भने १.३५ प्रतिशतले घटेको छ ।
यस्तै, आज ३१४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको शेयर कारोबार भएको छ । आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै एनआरएनको २८ करोड ९० लाख रुपैयाँ र नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।