२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

जुम्लाको पातारासीमा टेलिकमको टुजी र फोरजी सेवा

ADV
मध्यान्ह
२०८१ मंसिर १७ गते २१:५८
जुम्लाको पातारासीमा टेलिकमको टुजी र फोरजी सेवा

काठमाडौं : नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी मंसिर १६ गतेदेखि टुजी/फोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो ।

जिल्लाको अति विकट पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३  अन्तर्गतका  गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँ लगायत स्थानमा बसोबास गर्ने वासिन्दाहरू पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका छन् ।

दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्‍याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरूको मागलाई लक्षित गरी भ्वाइस तथा डेटा सेवाको विस्तार गरेको छ ।

यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरू तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरूले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise