२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेशनल लाइफको मिट द सिइओ कार्यक्रम सम्पन्न

Nada
२०८१ मंसिर १७ गते २२:०१
Shares
नेशनल लाइफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको हो ।

ncell

लुम्विनी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरू, विभागीय प्रमुख, एवं लुम्विनी प्रदेश अन्तर्गत रहेका शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृत शुरेश खत्रीले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

साथै स्किममा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्ने सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले सो कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा लुम्विनी प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका थिए ।

उनले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएकोमा लुम्विनी प्रदेशबाट मात्रै ५५ जना अभकिर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर