२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सकारात्मक लैंगिकतासम्बन्धी अन्तरक्रिया सम्पन्न

Nada
कमल कुमाल
२०८१ असार ६ गते १८:१०
Shares
सकारात्मक लैंगिकतासम्बन्धी अन्तरक्रिया सम्पन्न

कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिकामा सशक्त बाल परियोजना अन्तर्गत सकारात्मक लैंगिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको सहजीकरणमा जिल्लामा रहेका क्रियाशील पत्रकाहरुसँग सकारात्मक लैंगिकतासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

ncell

कार्यक्रममा मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटका अध्यक्ष जजराज शाहीको सभाध्यक्षता तथा उपाध्यक्ष विरेन्द्र बुढाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका अध्यक्ष भरतराज विष्ट, उपाध्यक्ष नमराज योगीलगायत जिल्लामा रहेका क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष शाहीले पहिलेको समयभन्दा पनि अहिलेको समयअनुसार सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए । उनले अझै पनि समाजमा लैंगिक हिंसाका घटनाहरु भइरहेकाले यसलाई न्यूनीकरण गर्न पत्रकारको महत्वपूर्ण भूमिका हुने भएकाले हरेक पत्रकारले हिंसाविरुद्ध खबरदारी गर्नुपर्ने बताए ।

उपाध्यक्ष बुढाले आफ्नो बालबालिकामा पनि सकारात्मक सोचको विकास वृद्वि गर्न अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले अभिभावक सचेत हुनुपर्ने बताए । हुरेन्डेक नेपाल कालीकोटका अनुगमन तथा मूल्यांकन अधिकृत कटक बहादुर बमले कार्यक्रम सञ्चालन गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर