२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनी प्रदेशमा भित्रियो मनसुन

ADV
क्षितिज किरण
२०८१ असार ६ गते २१:०९
लुम्बिनी प्रदेशमा भित्रियो मनसुन

कपिलवस्तु : यस वर्षको मनसुन लुम्बिनी प्रदेशमा भित्रिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सम्बन्धी दोस्रो बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो । यस वर्षको मनसुन सरदर जुन १३ तारिख भन्दा ३ दिन छिटो अर्थात् जुन १० तारिखमा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।

शुक्रबार लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझैँ केही दिन लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष पश्चिम नेपालसम्म मनसुनी प्रणाली फैलिन दुई हप्ता लागेको थियो ।

मनसुन पश्चिमतर्फ सर्दै गएकाले अब गर्मीबाट केही राहत मिल्ने मौसमविद्हरुले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका तराईका जिल्लामा असार ६ गतेसम्म तातो हावा चल्ने सूचना चार दिन अघि जारी गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise