२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

ADV
मध्यान्ह
२०८१ जेठ १९ गते १६:०६
श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल

धनुषा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारूपमा शुरू गरिएको बताएका छन् ।

जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा मेलाको आज शभारम्भ गर्दै उनले बेरोजगार युवालाई उद्योगमा रोजगारी दिन उद्योगीलाई आग्रह गरे । उनले भने,“ श्रमिकका धेरै समस्या आउँछन् । एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान शुरू गरिएको हो ।  सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न यसले सहयोग पुर्‍याउँदछ ।”

सरकारले रोजगार बैंकको अवधारणा पनि अघि सारेको मन्त्री अर्यालले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise