२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

ADV
मध्यान्ह
२०८१ असार ७ गते १५:४९
वातावरण व्यवस्थापनमा तीन प्रतिशत बजेट विनियोजन गर्दै चन्द्रागिरि नगरपालिका

काठमाडौं :  चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ । सो क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका भएको बताइएको छ । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक एवम् प्राविधिक सहयोगमा फेम्ली हेल्थ इन्टरनेशनल ३६० (एफएचआइ) का साझेदारीमा चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा परियोजना कार्यान्वन गरिराखेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नेपाल भ्रमणमा रहेका ‘एफएचआइ ३६०’ का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँग आज नगरपालिकामा भएको द्विपक्षी भेटवार्तामा नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएको जानकारी दिए ।

उनले स्वच्छ हावा प्रवर्द्धन, वातावरण व्यवस्थापन तथा वायु प्रदूषण न्यूनीकरण नगरपालिकाले लिएको नीति तथा कार्यक्रम एवम् गतिविधिका बारेमा जानकारी दिँदै जलवायु अनुकूलन नीतिलाई प्राथमिकता दिएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावामार्फत नगरवासीको जीवन सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापन नगरपालिकाबाट भइराखेका प्रयासका बारेमा जानकारी दिए । उनले भने, “वायू प्रदूषण रोकथाम र न्यूनीकरण लागि प्रमाणका आधारित नीति तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन भइरहेको छ । वायु प्रदूषणको समस्या समाधान तथा स्वच्छ हावा प्रवद्र्धनमा नगरवासी चेतना विस्तारै वृद्धि हुँदै गएको छ । जलवायु परिवर्तनका असरबाट आर्थिक एवं सामाजिक जीवनमा पार्ने असर कम गर्न हाम्रा नीति तथा कार्यक्रम केन्द्रित छन् ।” 

सो अवसरमा ‘एफएचआई ३६०’ प्रमुख वित्त अधिकृत पद्मापेरुमाले चन्द्रागिरि नगरपालिकाले वातावरण व्यवस्थापनका लागि आफ्नो कूल बजेटको तीन प्रतिशत विनियोजन गर्ने नीति लिएकामा बधाई दिँदै यसले जलवायु परिवर्तनले आर्थिक एवम् सामाजिक क्षेत्रमा पार्ने असरलाई घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्त अधिकृत पद्मापेरुमाले वायू प्रदूषण घटाइ स्वच्छ हावा प्रवर्द्धन गर्न चन्द्रागिरि नगरपालिकाले गरेका काम अन्य देशका लागि सिकाइ हुनसक्ने बताए ।

सो अवसरमा उहाँले चन्द्रागिरि नगरपालिकाद्वारा थानकोटमा सञ्चालित निःशुल्क सवारी प्रदूषण जाँचको अवलोकनसमेत गरेका थिए । युएसआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले काठमाडौं उपत्यकाको वायुको गुणस्तर सुधारका लागि चन्द्रागिरि नगरपालिकाले निर्वाह गर्दै आएको विभिन्न कामको उच्च प्रशंसा गरे । बैठकमा नगरप्रवक्ता एवम् चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्ण्प्रसाद खड्गी, चन्द्रागिरि–६ का वडाध्यक्ष एवम् वातावरण तथा विपद् समितिका संयोजक सञ्जय सिग्देल, ‘एफएचआई ३६०’ नेपाल प्रमुख भगवान् श्रेष्ठलगायत सहभागी थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise