–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
यो साता प्रधानमन्त्रीले झापाको दमकमा भ्यु टावरको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै गर्दा प्रधानमन्त्रीले विदेशमा झैं भ्यु टावरले विकास र समृद्धि देख्ने सपना बाँडे । प्रधानमन्त्रीले बाँडेको सपना अन्यथा पनि होइन ।
विदेशमा रहरलाग्दा भ्यु टावर छन् । तिनीहरूले शहरको सौन्दर्य त बढाएका छन् नै, आम्दानीको स्रोत पनि बनेका छन्, जसका आधारमा प्रधानमन्त्रीको भनाइ अन्यथा होइन । यद्यपि, देशमा भ्यु टावर प्राथमिकतामा पर्ने हो वा अरू केही छलफल भएको छैन ।
आज चमेरोको ताँतीमा पजेरो गुड्न थालेका छन् । तर, विद्यालयहरूमा कम्प्युटर छैन । छाना नै नभएका विद्यालयहरू सयौंको संख्यामा छन् । विद्यार्थीहरूलाई स्टेसनरी, खाजा, आवास, पोसाकको व्यवस्था गर्न सकिएको छैन । छात्रवृत्तिको कुरा नाम मात्रको भएको छ ।
विद्यालय जस्तै सरकारी अस्पताल उपचारका लागि भरपर्दा छैनन् । धेरै अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण नै छैन । भवन मात्रले स्वास्थ्य सेवा दिने होइन, तालिमप्राप्त जनशक्तिको चरम अभाव छ । निजी अस्पताल, नर्सिङ होमहरूले घरबारी सकुन्जेल असुल्छन् र मृत्युपछि लास पनि समयमा नदिएका घटना थुप्रै छन् । देशमा भोक, अशिक्षा, रोग, शोकको पहाड भ्यु टावरभन्दा ठूलो छ ।
बाँदर लड्ने गाउँमा नगरपालिका पुग्यो । जमिनमा समेतको कर असुलीले धानिसक्नुको अवस्था छैन । इन्धनको अचाक्ली भाउ बढ्दा पनि नानाथरिको सरकारी कर घटाउन सकेको अवस्था छैन । बजार नियन्त्रणको मेसिनरीमा खिया लागेको अवस्था छ ।
श्रीलंका र बंगलादेशको रोग यहाँ नसर्ने भनियो, देशका २ प्रमुख व्यक्तिहरू पंक्ति तयार गरुन्जेल हिरासतमा छन् । चौथो दलको सभापतिमाथि मानवअधिकार हनन भयो भन्दै नागरिक समाज तातेको छ अहिले । देशमा भ्यु टावरहरू किन ठडिँदै छन् ?गतिलो उत्तर मिलेको छैन ।
देशमा राजनीति सेवा नभएर व्यवसाय भएको छ । बिनालगानीको व्यापार भएको छ । कमाउ उद्योग भएकैले दलमा सिद्धान्त लागू छैनन् । ठूला दलहरूको सिन्डिकेट प्रणाली चलेको छ । वृद्ध नेताहरूको विकल्प बनिसकेको छैन । काम गर्ने भन्दा पनि वृद्ध भई उपचार गराउने, त्यसको खर्च जुटाउनका लागि पद ओगटेर बस्ने संस्कृति राजनीतिमा हाबी छ ।
शिक्षा क्षेत्रमा बजेट घटेको, स्वास्थ्यमा पनि बढ्न सकेको छैन । गएको बजेट पनि चुहिएर गरिबकोमा पुग्न सकेको छैन । नेपालकै पहिलो र एसियाको दोस्रो जलविद्युत् योजनामा ढुसी परेको छ । सवा सय वर्षभन्दा बढी भइसक्दा पनि आफूलाई पुग्ने बिजुली उत्पादन आफैंले गर्न सकिएको छैन । अहिले हिउँदमा आयात नै गर्ने नै हो । अघोषित लोडसेडिङ चलिरहेको छ । बिजुली कार्यालयमै अड्डा जमाउने हाम्रा मन्त्रीहरू छन् ।
तरकारी, फलफूलमा भएको बिषादी परीक्षण राम्ररी गर्न सकिएको छैन । कालीमाटीमा बिषादी प्रयोगशाला खुल्दा राति नै टोलटोलमा तरकारी ढुवानी भइसक्छ । कुनै वस्तुको मूल्य १ हप्ता एउटै बस्दैन । विदेश जानुपरेमा जम्बो टोली जाने अतिथि सत्कारमा प्रोटोकलको बेहिसाब हुने, ठूला देशले इशारा गर्दैमा नेटो समर्थनतिर युक्रेन पक्षमा मत जाहेर गर्ने, असंलग्नतालाई ख्यालै नगरिने यी विविध समस्याले देशको भावी दिन थप असहज हुने भान हुन्छ ।
बीआरआई करिब छिरेको छ । एमसीसी छिरिसकेको अवस्था छ । पहिले भन्ने गरिएको २ ढुंगाबीचको तरुलमा अब बहुढुंगाको नरम सखरखण्ड भन्नुपर्ने भएको छ । देशमा रोजगारी छैन । विदेशी रोजगारीले विप्रेषण बढेको छ ।
सोखिन हुन खोज्दा उत्पादन शून्य र विलासी बजारको अधिक प्रयोग, भुक्तानी असन्तुलन, आर्थिक चक्र ओरालो लागेको छ । समस्या धेरै छन् देशमा ।
प्रधानमन्त्रीले गृहजिल्लाबाट भ्यु टावरको सपनामात्र होइन,पानीजहाज, मोनो रेल जस्ता थुप्रै सपना बाँडेका छन् । सेतो टावरबाट उनले काठमाडौंका केहीगल्ली हेर्ने सुविधा बनाइसके ।यद्यपि, भ्यु टावर पहाड वा समथर जताबाट हेरे पनि नेपालमा देखिने गरिबी, अशिक्षा र बेरोजगारी नै हो ।
धरहरा नजिकै पुरानो बस पार्कलाई बिस्थापित गरियो । राजधानीको मुटुमा बसपार्क छैन । पुरानो बसपार्कमा २४ रोपनी जग्गामा व्यापारिक मल,भनौं भ्यु टावर तयार हुँदै छ । २९ तलाको प्रस्ताव।कतिहेर्नु काठमाडौंको समृद्धि, पानीआपूर्ति राम्रो छैन, प्रदूषणले विश्वकीर्तिमानपाएको छ ।
बहुउद्देश्यीय भवनहरू बन्दै छन्, विदेशी ऋणमा । ठेकेदार पोसिलो, दल हँसिलो, अरूलाई पनि सजिलो लैनो भैंसी दुहुन । अग्लो टावरबाट हेर्ने भनेको विश्वकै एक नम्बरको प्रदूषित र अव्यवस्थित, सडक जाम, इन्धन, एलपी ग्यासको अभावको शहर अनि कोमामै गइरहने संसद् र हानथापको बालुवाटार ।
यसबाट न पुरानो रोपवे हेर्न सकिन्छ, न बाँसबारी छाला जुत्ता कारखाना, न हरिसिद्धि इँट, टायल कारखाना, न त ट्रलीबस । बस्, देखिन्छ श्रीहरूको कोठाबाट एयरपोर्ट, भालेश्वरमाउडेको हेलिकोप्टर अनि सुरक्षा गार्डको दर्जनौंताँतीसहितको दलको बैठकका लागि सरकारी भवनतिर गइरहेका पजेरो, प्राडो र मर्सिडिज चिल्ला कार अनि सिंहदरबारमाथन्किएका पुराना गाडीहरू ।
सुशासनको अब्बल देश डेनमार्ककीप्रधानमन्त्री साइकलमाकार्यालय ओहोरदोहोर गर्छिन्, लोक अभिमतबाट आएकीउनलाई सुरक्षाको डर छैन ।
यतिमाछैनभ्यु टावरको सीमितता, देशमागरिबी जसरी व्याप्त छ, सिंहदरबार गाउँभरि व्याप्त छ । सिंह भएर गएझैं भ्यु टावरपनि सबैतिर पुगेको छ । स्थानीयतहले सुताएको बालीनाली, डोजरे माटो छोप्ने विकासको चर्चा जति गरे पनि कमै हुन्छ ।
हालसम्म धेरै यस्ता टावर सम्पन्न र उद्घाटनभइसकेका छन् । राष्ट्रिय गौरवकाआयोजनायति छिटो तयार भएनन् तर भ्यु टावर छिटै उठे । मेलम्ची ३० वर्षपछि उठ्न खोज्दापनि राम्ररी उठेको छैन । संघ र प्रदेशले धेरै भ्यु टावर उठाइसकेका छन् । संचालन गर्ने जमातलाई विदेश लखेट्ने हाम्रो लोकतन्त्र छ । निर्लज्जआर्थिक चपेटामा परेको छ देश, व्यापार घाटामा चुलिएको छ देश, भ्यु टावरझैं ठडिएको छ विपन्नता, विदेशी ऋणप्रति टाउको ८६ हजार रुपैयाँ नाघिसकेको छ ।
हाम्रा नेपालीहरू गास, बास, कपासकालागि खाडीमा बेचिएका छन् र तिनको विप्रेषणले यहाँ ढुकुटी भरिएको छ । कुवेरको ढुकुटी, यो पनिओरालो लाग्यो भने के होला? कोरोनामा सिटामोल नदिने देशले बाढी–पहिरोमानागरिकको ज्यानबचाउन सकेन । सत्ताको होडबाजी, जनताभोकै मरेका र टुँडिखेलमा भात माग्नजाँदा लाठी खाएकै हुन् । सत्ताउन्माद, छोरी, ज्वाइँलाई सत्ताअनि परिवारैले आलोपालो नेतृत्व गर्नुपर्ने हाम्रो लोकतन्त्रलाई वास्तवमा लोकतन्त्र नभनेर लोभतन्त्र भन्नुपर्ने हो ।
न सिद्धान्त, न निष्ठा, न त अनुभव ।दर्जनौं जोडी परिवारै संसद्माजानुपर्ने । सम्धीलाई राजदूत, ज्वाइँलाई महाप्रबन्धकबनाउने लोकतन्त्रचलिआएको छ देशमा ।
गरिबको पसिनामाहोली खेल्दै आलिसानमहल र आफन्तको रजाइँ, प्रजातन्त्रको साँवा र व्याज त ५० सालअघि नै उठ्तीपुठ्तीभइसकेको हो । लोकतन्त्रको बोनस हरपल, हरक्षण, छाड्नै नहुने, संस्थाखोलेर होस्, विदेश उपचार वा भ्रमण गरेर होस्, लोकतन्त्रको भैंसी दोएको दोयै गर्नुपर्ने निर्लज्ज अवस्था कहिलेसम्म हुने हो ?
आफ्नाकै लागि घरका झ्यालपिच्छे मन्त्रालय, आयोग, नियोग खडा गरेर र कहिले रोजगारीकानाममा दोहन, कहिले सुरक्षाकानाममा, कहिले अवकाशपछिको महल, इन्धन, सवारी, मर्मत खर्चका नाममा ।
चुनाव टिकटका लागिमोटै रकमतिर्नुपर्ने, उद्यमी, व्यापारीले दलकै आश्रय लिनुपर्ने कस्तो लोकतन्त्र दिएछन् दाताहरूले ? मंसिरमा हरेक नेपालीका घरमाधानको भकारी हुनुपर्नेमा २ किलो चामलकिनेर स्कुटीमा राख्दै सामाजिक संजालमाभाइरल हुनुपर्ने दिन नेपालीहरूको रहर हो कि बाध्यता?मननकसले र कसरी अनि कहिले गर्ने त ?