२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

८ देशका लागि राजदूत सिफारिस

ADV
मध्यान्ह
२०८१ असार ७ गते २०:२१
८ देशका लागि राजदूत सिफारिस

काठमाडौं : सरकारले ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो । सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो ।

भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।

यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस भएका छन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise