२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता

ADV
मध्यान्ह
२०८१ असार ७ गते २०:५४
सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता

अर्घाखाँची : सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनीकरणको व्यवस्थाको सम्बन्धमा लुम्बिनी प्रदेश सभा सचिवालमा संकल्प प्रस्ताव दर्ता भएको छ ।

प्रदेश सभा सदस्य निमा गिरी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावमा प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्विका काफ्ले समर्थक रहेकी छन् । 

लुम्बिनी प्रदेशमा सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता हुन आएको यो पहिलो संकल्प प्रस्ताव भएको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । 

सचिवालयमा दर्ता भएको उक्त प्रस्ताव सचिव दुर्लभ कुमार पुनले सभामुख समक्ष लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८७ अनुसार पेश गरेका थिए । 

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सम्बन्धमा प्रदेश सभा सदस्यहरुले पहिलो पटक दर्ता गराएका संकल्प प्रस्ताव प्रदेश सभाका आगामी बैठकमा पेश हुनेछ  । 

सुरक्षित यात्रा, सुरक्षित सवारी  सम्बन्धमा हाल प्रचलनमा रहेका कानूनी व्यवस्थाले प्रयाप्त सम्बोधन गर्न नसकेको संकल्प प्रस्तावमा दावी गरिएको छ ।

लुम्बिनी प्रदेशभित्र सडक दुर्घटना पीडितको लागि आकस्मिक उपचार निःशुल्क उपचार व्यवस्था गर्न, दुर्घटनाको दु्रत गतिमा उद्दारको लागि आवश्यक संयन्त्रको विकास तथा दुर्घटना पीडितले आफ्नो जीवनयापन सहज तरिकारले बाँच्न सक्ने गरी  क्षतिपूर्तिको व्यवस्था गर्न मागसहित संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

यस्तै आवश्यक कानून नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्नुपर्ने संकल्प प्रस्तावमा माग गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise