२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

९ पुसदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने

shivam cement
मध्यान्ह
२०८१ पुष २ गते १७:५२
९ पुसदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने

काठमाडौं : नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पु¥याउन बीवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ । 

महोत्सव ९ पुसदेखि सुरु हुनेछ । नेपालको साहसिक पर्यटनको कोसेढुंगाको रूपमा स्थापित गर्न पोखराको पामे क्षेत्रमा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना गर्न लागिएको आयोजक बेलुन नेपाल प्रालिले जनाएको छ ।

पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा ल्याउन सक्रिय भूमिका निर्वाह गर्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेको हो । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखरेली आकाशको उच्च उचाइमा पुग्ने विश्वास गरिएको छ ।

महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ । 

महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पु¥याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise