२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

shivam cement
मध्यान्ह
२०८१ पुष ३ गते १०:२३
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द

मकवानपुर : हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि  यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक  अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोे सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी  कार्यालयले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise