एजेन्सी : अफगानिस्तानको गृहयुद्ध अन्त्य गर्ने विषयमा अमेरिका र तालिबानबीच सम्झौता भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले तालिबान र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका हुन् । आगामी हप्ता गृहयुद्ध अन्त्य गर्ने विषय समेटिएको सम्झौतामा अमेरिका र तालिबानबीच हस्ताक्षर हुने भएको हो ।
सम्झौताअनुसार अमेरिकाले तालिबान र अफगान सरकारबीच शान्तिवार्ता तथा युद्ध अन्त्य गर्नमा भूमिका खेल्नुपर्नेछ । तालिबानले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती घटाउन पनि भनेको छ ।
तालिबान र अमेरिकाबीच सहमति भएपछि सम्झौतामा हस्ताक्षर हुने दिनसम्म शनिबारदेखि नै तालिबानले आफ्नो गतिविधिलाई रोक्ने अमेरिकाले जनाएको छ ।
अमेरिका र तालिबानबीच हुन लागेको पहिलो चरणको सम्झौताले झन्डै २ वर्षयता जारी गृहयुद्ध अन्त्य हुने संकेत गरेको छ । अमेरिकाले सम्झौता भएको बताए पनि तालिबानले भने यस विषयमा प्रतिक्रिया जनाएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies