२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

shivam cement
मध्यान्ह
२०८१ पुष ३ गते १५:२९
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

प्रहरी हिरासतमा रहेका प्रसाइमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise