एजेन्सी : इजरायल र सिरियाबीच तनाव बढेको छ । दुबै देशले एक अर्काे देशमा हवाई कारवाही गरेपछि दुई देशविचको तनाव थप चुलिएको हो । इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै इस्लामिक जिहादी समूहमाथि हवाइ आक्रमण गरेपछि आक्रमणको श्रृखला सुरु भएको हो ।
गाजापट्टीमा हवाइ हमला गरेर दक्षिणी दमास्कसमा इस्लामिक जिहाद आतंकवादी संगठनका क्याम्प नियन्त्रणमा लिएको दावी गरेको छ । लगत्तै सिरियाले त्यसको प्रतिवादमा मिसाइल आक्रमण गरेको छ ।
दुबै देशले आक्रमणमा ठुलो सफलता मिलेको दावी गरेका छन् । आक्रमणवाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । सिरियामा कार्यरत मानव अधिकारवादी संस्थाले दवै पक्षले अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आक्रमण गरेको दावी गरेको छ ।
दुई देशबीच तनाव बढ्दै गएपछि सर्वसाधारण भने बिस्थापित हुन थालेका छन् । सिरिया युद्ध सुरु भएदेखि नै इजरायलले हिजबुल्लाह लडाकूलाई निशाना बनाएर सिरियामा आक्रमण गर्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies