काठमाडौं : प्रदेश दुई की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा आजबाट पुनः काममा फर्केकी छिन् । गत माघ १४ गते पार्टीमा बुझाएको राजीनामा अस्वीकृत भएपछि उनी पुन काममा फर्केकी हुन् ।
राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झा ले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई राजीनामा बुझाएकी थिइन् । प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्ट भएपनि पार्टीको आग्रहमा काममा फर्केको उनले बताइन् ।
प्रदेश सभामा समानुपातिकबाट चयन भएकी झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् । प्रदेश दुईमा समाजवादी पार्टी र राजपाको संयुक्त सरकार छ । समाजवादी पार्टीसँग असन्तुष्ट नेकपाले पछिल्लो समय राजपासँग तालमेल गरेर सरकार फेर्ने प्रयास गरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies