काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद ‘सिटिईभिटी’ लाई निर्देशन दिएका छन् । सिटिईभिटीको ३२ औं वार्षिकोत्सवलाई आज भक्तपुरमा सम्बोधन गर्दै उनले रोजगारीको ग्यारेन्टीका साथ विभिन्न आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् ।
सिटिईभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न पनि मन्त्री पोखरेलले निर्देशन दिए ।
सिटिईभिटीको पुरानो परिचय बदलेर अगाडी बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसका आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए । सिटिईभिटी उच्चस्तरिय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताए । मन्त्री पोखरेलले ‘सिटिईभिटी’लाई गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies