काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकहरूले सोनी ब्राभिया ब्राण्डका टेलिभिजन खरिद गर्दा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई उच्चतम लाभ पुर्याउन नेपा हिमा ट्रेड लिंक प्रा.लि.सँग छुट दिनेसम्बन्धी सम्झौता गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जानकारी दिए ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राठी र नेपा हिमा ट्रेड लिंक प्रा.लि.को तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजनका मोडल नम्बर ६५×८०००जी, ६५×९५००जी, ५५ए८जी, ५५ए८एफ र ५५ए१ खरिद गर्दा छुट पाउनेछन् ।
सहायक प्रमुख कार्यकारी अधिकृत राठीले भने, ‘एनआईसी एशिया बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामार्फत बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनी ब्राभियाका उल्लेखित मोडलहरूका टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट दिइएको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies