२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

रौतहटमा धमाधम पक्राउ पर्दै मिटरब्याजी

draupadi film
कृष्ण तिवारी
२०८१ पुष ४ गते २१:१२
रौतहटमा धमाधम पक्राउ पर्दै मिटरब्याजी

रौतहट : रौतहटका मिटरब्याजी अर्थात् साहु महाजनहरु धमाधम पक्राउ पर्न थालेका छन् । मिटरब्याजीहरुमाथि रौतहट प्रहरीले कडा एक्सन लिएपछि चर्को ब्याजमा पैसा लगानी गर्ने साहुहरु यतिखेर धमाधम प्रहरीको फन्दामा पर्न थालेका हुन् ।

अनुचित लेनदेन अर्थात् तोकिएको भन्दा बढी चर्को ब्याजमा पैसा लगानी गरेको आरोपमा रौतहट प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ ।

लामे समयदेखि फरार माधवनारायण नगरपालिका –५ मिठुअवाका ४१ वर्षीय श्रीभगवान साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गौर रौतहटबाट खटिएको प्रहरी टोलीले बिहीबार लुकीछिपी बसेको अवस्थामा साहलाई पक्राउ गरेको हो ।

अनुचित लेनदेन अर्थात् मिटरब्याजीको कारोवार गरेको आरोपमा जिल्ला अदालत रौतहटको पक्राउ पुर्जीको आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दिपक कुमार रायले बताए । 

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भइ फरार रहेका साहलाई जिल्लाको शुकदेव चौकबाट पक्राउ गरिएको रायले बताए ।

स्थानीय रामप्रित साहले दिएको जोहेरीको आधारमा श्रीभगवान साह र निजको श्रीमती विनिता साहमाथि अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत गौर रौतहटबाट गत मंसिर २० गते पक्राउ पुर्जी जारी गरेको थियो । 

अनुचित लेनदेन सम्बन्धी मुद्दामा आलतबाट पक्राउ पुर्जी जारी भएको अर्का अभियुक्त साहकी श्रीमती विनिता साह फरार रहेकी छन् । 

पीडित रामप्रित साहले मीटरव्याजी साहसँग लिएको साँवा र ब्याज चुक्ता गरेपछि श्रीभगवान साहले उनीसँग गराएको कपाली तमसुक कागज फिर्ता गर्न नमानेपछि पीडित रामप्रितले प्रहरीमा मिटरब्याजी सम्बन्धी जाहेरी दिएका थिए ।

पक्राउ परेका व्यक्ति श्रीभगवान साह सरकारी कर्मचारी रहेको र उनी कर्णाली प्रदेशमा कार्यरत रहँदा त्यहाँबाट घरआएर लुकीछिपी बसीरहेको कुरा प्रहरीले थाहा पाउने बित्तिकै निजलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे अहिले विदामा छन् । एसपी घिमिरे विदामा गएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको जिम्मेवारी डीएसपी रायले सम्हालेका छन् । रायले फरार अभियुक्तहरुलाई पक्राउ गर्न तदारुकता देखाएपछि विभिन्न मुद्दामा फरार अभियुक्तहरु अहिले धमाधम पक्राउ पर्न थालेका छन् ।

डीएसपी रायको कडा निगरानी र एक्सनकै कारण मिटरब्याजी रहेका साह पक्राउ पर्न सफल भएका हन् । यसमा रौतहट प्रहरीको ठूूलो सफलता रहेको देखिएको छ ।

मिटरव्याजी साह पक्राउ परेपछि अनुचित लेनदेन अर्थात् मिटरब्याजीको कारोवार गर्ने व्यक्तिहरुमा डरत्रास उत्पन्न भएको छ । 

मुलकी देवानी संहिता २०७४ को परिच्छेद १५ को दफा ४७८ मा साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन भन्ने उल्लेख छ । कानुनमा यस्तो प्रावधान रहेपनि व्यवहारमा भने ठीक उल्टो छ ।

ADV

सम्बन्धित खबर

Advertise