काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष (आव) २०८०/२०८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई सम्मान गर्न कम्पनीले चेयरपर्सन कार्यक्रम आयोजना गरेको हो ।
कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहले चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गरेकी थिइन् । उनले आव २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन् ।
सो समारोहमा आव २०८०/८१ मा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ता, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ता, विगत १० वर्षदेखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरू लगायतलाई विशेष सम्मान गरिएको थियो । यसैगरी नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्ताहरूलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।