२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

स्क्याममा सतर्क हुन कम्पनीको आग्रह

ADV
मध्यान्ह
२०८१ पुष ४ गते २१:१७
स्क्याममा सतर्क हुन कम्पनीको आग्रह

काठमाडौं : नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह भईरहेको भन्दै नेपाल टेलिकमले सतर्क हुन आग्रह गरेको छ ।

हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

कम्पनीको आधिकारिक ब्लूटीक सहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाको बारेमा जानकारी लिन कम्पनीका प्रवक्ता हरि ढकालले आग्रह गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise