२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

मध्यान्ह
२०८१ पुष ४ गते २१:२०
एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं : एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ ।

यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रूपैयाँ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन् । कम्पनीले यो सुविधा पुस १ गतेबाट दिन थालेको हो ।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रूपैयाँ रहेको छ । ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन् ।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले ८९९८८८४३ डायल लिन सक्ने कम्पनीले जनाएको छ । सापटीमार्फत् लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ । सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन् । अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर