२०८१ फागुन २७ गते मङ्गलवार / Mar 11 , 2025 , Tuesday
२०८१ फागुन २७ गते मङ्गलवार
Ads

व्यवसायीको भुक्तानी नपाएसम्म निर्माण उद्योग चलायमान हुँदैन : अध्यक्ष सिंह

hardik ivf
मध्यान्ह
२०८१ पुष ५ गते २०:१४
व्यवसायीको भुक्तानी नपाएसम्म निर्माण उद्योग चलायमान हुँदैन : अध्यक्ष सिंह

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरू समस्यामा रहेको बताएका छन् । शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधारण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । 

उनले नेपालको निर्माण उद्योग यति बेला कोमामा रहेको बताए । उनले सरकारले निर्माण भएका आयोजनाको समेत भुक्तानी समयमा नहुँदा निर्माण उद्योग अगाडि बढ्न नसकेको गुनासो गरे । उनले सरकारले भुक्तानी दिन सकेको भए दशैंपछि पूर्वाधार निर्माण चलायमान हुनु पर्ने भए पनि अहिले निर्माण उद्योग सिथिल अवस्थामा पुगेको उल्ले गरे । अध्यक्ष सिंहले सरकार निर्माण व्यवसायीहरूको माग प्रति गम्भीर नहुँदा निर्माण क्षेत्र चलायमान बनाउन नसकिएको बताए । 

उनले भने, ‘निर्माण क्षेत्रका मुल समस्या भनेको सरकारले अघि सारेका आयोजनाहरू निर्माणमा स्रोत सुनिश्तिता गर्नुपर्छ, सरकारले त्यसको लागि काम गर्नु जरूरी छ । सरकारले निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी पाउन सकिएको छैन ।’ उनले पूर्वाधार निर्माण क्षेत्रमा काम गर्ने सरकारी निकायहरूमा समन्वय गर्न नसक्दा निर्माण उद्योग धरासाही भएको बताए । उनले अहिले निर्माण उद्योग ध्वस्त भएको बताए । उनले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि सरकारले निर्माण उद्योगलाई दिनुपर्ने भुक्तानी तत्काल दिन आवश्यक रहेको बताए । 

उनले सरकारले निर्माण उद्योगीहरूलाई तत्काल भुक्तानी गर्न नसके निर्माण उद्योग चलायमान हुन नसक्ने बताए । उनले सरकारले स्रोत सुनिश्चिता नभएका आयोजनाहरु सबै खारेज गर्न आवश्यक बताए ।  सरकारले अघि सार्ने परियोजनाहरू स्रोत सुनिश्चिता भएकालाई मात्रै प्राथमिकता दिएर काम गर्नु आवश्यक रहेको बताए । उनले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनका कारण म्याद थप भएका ४ हजार बढी आयोजनाहरू प्रभावित भएको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise