काठमाडौं : एसीसी टी २० इस्टर्न रिजनमा नेपाललले लगातार दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । यो हारपछि नेपालको शिर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको हङकङकले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए भने कुशल मल्लले एक किेट लिए ।
सुशन र सन्दीपको चार ओभरको स्पेल पुरा गर्दा करणले ३ ओभर बलिङ गरे । सुशनले चार ओभरमा ३७ रन दिएर २ विकेट लिएका हुन् भने सन्दीपले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिए । कुशल मल्लले भने तीन ओभरमा १६ रन दिँदै एक विकेट लिए ।
सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन सराफ एक रनमा पेभेलियन फर्किदा नेपालले ७१ रनमा चार विकेट गुमायो ।
नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबावमा पर्यो । ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे । तर उन अर्धशतक पुरा गर्न सकेनन् । कप्तान मल्ल आउट भएपछि नेपाल निकै दबावमा पर्यो ।
नेपाली टिमको ब्याटिङ निकै ध्वस्त बन्यो । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरीयो । सो बेला नेपालले ९८ रन बनाएको थियो । सन्दिपले खाता खोल्न सकेनन् । आरिफ शेख १० रनमा आउट भए । नेपालले १७ औं ओभरमा तीन विकेट गुमाउन पुग्याे । हङकङका लागि हारोन मोहम्मद अर्सदले चार तथा अफदाव हुसेनले तीन विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies