२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

आन्तरिक पर्यटनमा जोड दिन आवश्यक छ : मन्त्री पाण्डे

Nada
२०८१ पुष ६ गते १५:३८
Shares
आन्तरिक पर्यटनमा जोड दिन आवश्यक छ : मन्त्री पाण्डे

काभ्रेपलाञ्चोक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय गतिविधि थप चलायमान बनाउनका लागि आन्तरिक पर्यटनलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् ।

ncell

आज काभ्रेपलाञ्चोकको पनौतीमा सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानद्वारा आयोजित पुस्तक लोकार्पण एवं सम्मान कार्यक्रममा उनले भने, “आन्तरिक पर्यटन जति धेरै चलायमान हुन्छ, त्यति पर्यटकीय महत्त्व बढ्छ, त्यसैले हामीले आन्तरिक पर्यटनलाई पनि जोड दिनु आवश्यक छ ।”

उनले छिमेकी देश समृद्ध हुँदा पनि त्यसको फाइदा नेपालको पर्यटन क्षेत्रलाई हुने धारणा राखे । “छिमेकी मुलुक भारत र चीनलगायतका देश समृद्धिको दिशामा अगाडि बढेका छन्, यो हाम्रो लागि पनि राम्रो विषय हो”, उनले भने । विभिन्न जाति, चाडपर्व, भेषभुषा, खानपानका हिसाबले विविधतापूर्ण नेपालमा पर्यटनै विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख माध्यम भएको उनको भनाइ थियो ।

उनले विश्व सम्पदामा सूचीकृतका पहल गरिरहेको ऐतिहासिक एवं पुरातात्त्विक नगर पनौतीलाई सूचीकृत योग्य बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा मन्त्री पाण्डेले पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित ‘पनौतीका जात्रा पर्वहरू-३’ नामक पुस्तकको लोकार्पण गरे । साथै स्थानीय प्रेमबहादुर महाजू, महेश कर्माचार्य र इन्द्रकुमारी खड्कालाई मन्त्री पाण्डेले ‘प्रजातान्त्रिक योद्धा’का रूपमा सम्मान गरे ।

आजै मन्त्री पाण्डे काभ्रेली महिला सक्रिय समाजद्वारा आयोजित तीन सय हप्तामा प्रवेश पनौती त्रिवेणी सरसफाई नागरिक अभियानमा सहभागी भएका थिए ।

त्यस अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय शिवप्रसाद हुमागाईँ र मधुप्रसाद आचार्य, काँग्रेसका जिल्ला सभापति तिर्थ लामा, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीलगायतले विश्व सम्पदामा सूचीकृतको पहल भइरहेको पनौतीलाई लागि आ-आफ्ना क्षेत्रबाट योगदान पुर्‍याउन आग्रह गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर