२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल

Nada
२०८१ पुष ६ गते १८:२१
Shares
संसारमा हार्दिकता भन्ने शब्द नै हराउन लाग्यो : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हरेक मानिसभित्र शान्तिको भावना रहे मात्रै विश्वमा हार्दिकता विकास हुने बताएका छन् ।

ncell

शनिबार प्रथम विश्व ध्यान दिवसको उपलक्ष्यमा राजयोग ध्यान अभ्यास कार्यक्रममा बोल्दै उनले शान्तिको भावना रहे मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्ने बताएका हुन् ।

उनले भने, ‘आध्यातमिकताको विकास, विश्वमा हार्दिकताको विकास हरेक मान्छे आफैंमा संयम भयो भने मानिसले अनुशासित जीवन बिताउन तयार भयो भने, हरेक मानिसले आहारविहारमा अनुशासन कायम गर्यो भने हरेक मानिसले नौतिकताको वोध गरेर चल्ने स्थिती बन्यो भने अथवा हरेक मानिसभित्र शान्तिको भावना रह्यो भने मात्रै विश्वमा हार्दिकता विकास हुनसक्छ । मान्छे मान्छेबीचको सम्बन्ध समझदारीले अगाडि बढ्न सक्छ ।’

साथै उनले जमिनमा टेक्दै गर्दा कसैलाई कुल्चिएको छ या छैन भनेर ख्याल गर्न सकिए मात्र एकअर्काको सम्बन्ध विकसित हुने बताए । उनले स्वार्थको प्रतिस्पर्धा अस्वभाविक ढंगबाट गर्यो भने संसारमा हार्दिकता भन्ने शब्दै हराउने बताए । 

ताजा खबर

सम्बन्धित खबर