२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

क्रियाशील पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

ADV
मध्यान्ह
२०८१ पुष ६ गते २०:३३
क्रियाशील पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी

समिर शाही/मध्यान्ह

बाँके : क्रियाशील पत्रकार महिला ‘डब्लु डब्लु जे’ बाँकेले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरीलाई चयन गरिएको छ । क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा आयोजित १२ औं साधारण सभा तथा छैठौं अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा गिरीलाई चयन गरेको हो । 

यसैगरी उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी(निशु),सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहेका छन् ।

यसैगरी सदस्यहरुमा सजल गैरे, सुनिता बर्मा, मन्जु रिजाल, साहिदा बानो, सरला बराल र सविता चन्द ठकुरी लगायत ११ सदस्यीय कार्यसमित चयन भएको डब्लु डब्लु जे बाँकेले जनाएको छ । 

क्रियाशील पत्रकार महिलाको अधिवेशनमा निर्वतमान कोषाध्यक्ष निशु जोशीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि शाहले पत्रकार महिलाको क्षमता विकासका लागि पहल गर्ने बताइन् । 

उनले आफूले जीवनको लामो समय पत्रकारिता क्षेत्रमा बिताएको अनुभव सुनाउँदै आगामी दिनमा नयाँ पुस्तासँग हातेमालो गर्न पाउने कुरामा खुसी व्यक्त गरिन् । 

कार्यक्रममा क्रियाशील पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ, प्रदेश र जिल्लाका पत्रकार महिला र केही पदाधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईं, प्रदेश सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, उपाध्यक्ष करुणा शाह, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रीय सदस्य आरिफ अन्सारी र संचारिका समुह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज लगायतले शुभकामना दिएका थिए ।  

क्रियाशील पत्रकार महिलाले आगामी दिनमा पत्रकार तथा श्रमजिवी महिलाका सवालमा निरन्तर सन्डे क्लब गर्ने, फेलोसीप कार्यक्रम तथा तालिम सञ्चालन गर्ने र पत्रकार महिलाको हक हितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अधिवेशनमा प्रस्तुत गरिएको थियो । यी योजनालाई अझै बृहत् बनाएर कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise