२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

मध्यान्हकर्मी बुढा मगर सम्मानित

ADV
मध्यान्ह
२०८१ असार ८ गते २०:५५
मध्यान्हकर्मी बुढा मगर सम्मानित

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले मध्यान्हकर्मी सुर्य प्रकाश बुढा मगरलाई सम्मान गरेको छ । परिवर्तन गाउँपालिकाको ३६ औं गाउँकार्यपालिकाको निर्णय र आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार बुढा मगरलाई सम्मान गरिएको हो । 

आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट अधिवेशन र १७ औं गाउँसभाको अवसरमा प्रमुख अतिथि पूर्व सहायक मन्त्री भिम कुमारी बुढा मगर र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले नगद १५ हजारसहित सम्मानपत्र र खादासहित सम्मान गरेका थिए । 

गत आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट कार्यक्रमबाट परिवर्तन गाउँपालिकाको हरेक गतिविधिलाई सञ्चार माध्यममा प्रशारण तथा प्रकाशन गर्ने एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ । सोही अनुसार यस वर्ष गाउँपालिकाले मध्यान्हकर्मी बुढा मगरलाई सम्मान गरेको हो ।

बुढा मगर संघीयता पुनःसंरचना निमार्ण भएसँगै जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय सञ्चार माध्यममा आवद्ध हुँदै रोल्पा जिल्लाबाट निरन्तर पत्रकारिता गर्दै आएका छन् । बुढा मगरले राजनीतिक, खेलकुद, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, कला संस्कृति, साहित्य  र खोजमूलक समाचारहरुमा कलम चलाउँदै आएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise