काठमाडौं : एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा घरेलु टोली थाइल्याण्डले नेपाललाई ६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबैविकेट गुमाएर ६६ रन बनायो ।
थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।
नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिँदा अबिशनाश बोहोराले २ विकेट लिए । यसैगरी सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो । भुवनले आजै डेब्यु पनि गरेका हुन् । नेपालका ६ जनाले थाइल्याण्डविरुद्ध बलिङ गरे । करण केसीले ४ ओभर बलिङ गर्दा १२ रन खर्चिएर तीन विकेट लिए । यसैगरी अबिनाशले ४ ओभर बलिङ गर्दा २३ रन दिएर २ विकेट लिए ।
सन्दीपले ४ ओभरमा ९ रन खर्चिएर १ विकेट लिए भने भुवन कार्कीले ४ ओभरमा ६ रन खर्चिदैं एक विकेट लिए । पारस खड्काले २ ओभरमा ३ रन दिए भने कुशल मल्ले २ ओभरमा ४ रन खर्चिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies