काठमाडौं : एसीसी इस्टर्न रिजन टि-२० क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको हो ।
थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले लिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा ७२ पूरा गरेको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै पवन सरार्फले २७ रन बनाए । नेपालका लागि पारस खड्काले ९ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सम्र्पूर्ण विकेट गुमाउँदै ६७ रन बनायो ।
थाइल्यान्डका लागि हिनोन जोर्डानले सर्वाधिक १३ रन बनाए । त्यस्तै नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने समान एक–एक विकेट लिए ।
नेपालले थाइल्यान्डमाथि कीर्तिमानी जित निकालेको हो । नेपालले टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विपक्षि टोलीले दिएको योगफल कमै ओभरमा पूरा गरेको पहिलो पटक हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies