काठमाडौं : 'मिस वर्ल्ड २०१९' टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । तीन दिने लामो भ्रमणका लागि उनी बिहीबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।
उनी सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँ घुम्ने बताइएको छ । टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन् ।
संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies