२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी मुद्दा दायर 

Nada
२०८१ पुष ७ गते १६:३७
Shares
दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी मुद्दा दायर 

काठमाडौँ : जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको छ । आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो ।

ncell

उनले सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।

साथै, श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकूल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

सम्बन्धित खबर