२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

लगानी कोष र म्याग्दी हाइड्रो पावरबीच सेयर प्रत्याभूतिको सम्झौता

Nada
२०८१ पुष ८ गते १०:४७
Shares
लगानी कोष र म्याग्दी हाइड्रो पावरबीच सेयर प्रत्याभूतिको सम्झौता

काठमाडौँ : नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । 

ncell

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रो पावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । 

म्याग्दी हाइड्रोले प्रतिसेयर रु. एक सयका दरले ४७ लाख ४५ हजार कित्ता बापत रु. ४७ करोड ४५ लाख बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि छ महिनाको हुने कोषले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खबर