इमरान खान/मध्यान्ह
कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कनकमुनि माध्यमिक विद्यालय प्रथम भएको छ ।
बुद्ध पद्म माध्यमिक विद्यालय दोस्रो र रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय तेस्रो स्थान प्राप्त गर्न सफल भयो । प्रथमलाई दश हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई चार हजार कर कट्टी गरि नगद दिइएको थियो ।
बुद्ध पद्म माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २० विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्ट र भलिबल, कबड्डीलगायतका अन्य प्रतियोगिताहरु पनि सञ्चालन भएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुधाकर पाण्डेले खेल खेलेर स्वास्थ्य रहन र रोगबाट बाच्नका लागि सहयोग गर्ने बताए । कार्यक्रम का अध्यक्ष एवम् दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई समापन गर्दै प्रकाश गैरेले विद्यार्थीहरुलाई कुलातबाट बचाउन को लागि यो प्रतियोगिता संचालन गरिएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies