२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

५ देशका राजदूतले लिए शपथ

himalayanlife
२०८१ पुष ८ गते १२:२५
Shares
५ देशका राजदूतले लिए शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महांघका लागि नवनियुक्त राजदूत जंगबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शंकरप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।

सम्बन्धित खबर