२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पत्रकारहरूले कलम समाएपछि धर्म छाड्नु हुँदैन : रामवरण यादव

Nada
२०८१ पुष ८ गते १४:२०
Shares
पत्रकारहरूले कलम समाएपछि धर्म छाड्नु हुँदैन : रामवरण यादव

काठमाडौंः नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले पत्रकारहरूले कलम समाएपछि पत्रकारिताको धर्म निभाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको तेस्रो पद हस्तान्तरण कार्यक्रममा उनले अहिलेको समाजमा मानव सभ्यता कम हुँदै गएको भन्दै यस्तोबेला पनि पत्रकारहरूले आफ्नो धर्म छोड्न नहुने बताए । 

ncell

उनले भने, ‘अहिले मानव सभ्यताको उल्टो गियर लागिरहेको छ कि जस्तो लाग्छ । नैतिकताको धेरै कमी छ । राजनीतिकर्मीहरूले नैतिकता छोड्ने हो भने त्यो व्यापार हुन्छ राजनीति रहँदैन । त्यस्तै तपाईँहरूले पनि जब कलम समात्नु हुन्छ, त्यो बेला पत्रकारिताको धर्म निभाउनुपर्छ । आजको संसारमा नैतिकताको कमी भइरहेको छ, यस्तोबेला आफ्नो धर्म नछोड्नु । जहाँ भएपनि आफ्नो व्यवसायीक धर्म छोड्नु हुँदैन त्यसपछि पत्रकार बन्न सकिन्छ ।’ 

यसको साथै, उनले वर्तमान समयमा पनि सरकारले पत्रकारिताको क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको भन्दै यो लडाई पत्रकारहरूले सधैँ लड्नुपर्ने बताए । उनले भने, ‘आज खुल्ला समाजमा हामी आएका छौं । संविधान लोकतान्त्रिक छ, गणतान्त्रिक छ, संघीयतासहित समावेसी, समानुपातिक छ । स्वतन्त्र पत्रकारिता छ तर अहिले पनि गुनासो आइरहेको छ कि सरकारले यो क्षेत्रलाई संकुचित गर्ने प्रयास गरिरहेको छ । यसमा तपाईहरू लडिरहनुपर्छ । यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले श्रमजीवि पत्रकारहरूको समस्यालाई सदनसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले भने, ‘यहाँ नेता हुन पनि सहज छैन । किसान हुन पनि सहज छैन । वकिल हुन पनि सहज छैन । पत्रकार हुन पनि सहज छैन । इमान्दारिता, संकल्प, लगनको कुरा हो यसले सबै काम सहज बनाउँछ । सत्यलाई झुटले छोप्न सक्छ तर मेटाउन सक्दैँन् । अहिले श्रमजीवि पत्रकारहरूको अवस्था गारो छ । यी समस्याहरूलाई संस्थागत रुपले पत्रकार महासंघले यसलाई आफ्नो समस्या बनाउने छ र हाम्रो पनि यसलाई सदनसम्म पु¥याउने कुरामा भूमिका रहनु पर्छ र त्यसमा प्रतिबद्धता पनि व्यक्त गर्न चहान्छु ।’ 

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले हामीले जनतामा भएको निराशा चिर्दै आशा जगाउनुपर्ने भन्दै यो काम नभएसम्म लोकतन्त्रलाई बलियो बनाउने काम हुन नसक्ने बताएका छन् । 

सम्बन्धित खबर