२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सरकारले जारी गर्‍यो तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र म्यानमारलगायतका देश जाँदा सावधान रहनू 

Nada
२०८१ पुष ८ गते १६:५७
Shares
सरकारले जारी गर्‍यो तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र म्यानमारलगायतका देश जाँदा सावधान रहनू 

काठमाडौँ : सरकारले म्यानमार, थाइल्याण्ड, कम्बोडिया, लाओस् लगायतका देशमा जान चाहनेहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । 

ncell

परराष्ट्र मन्त्रालयले सोमबार यात्रासम्बन्धी सूचना (ट्राभल एडभाइजरी) जारी गर्दै ती मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ ।

आकर्षक तलब सुविधाको प्रलोभन देखाएर जबरजस्ती अवैध काममा लगाइएको पाइएपछि ट्राभल एडभाइजरी जारी गरेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैर कानुनी कार्यहरू नगर्नरनगराउन पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयको सूचना:

सम्बन्धित खबर