२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

सँगै दिक्षित हुने तयारीमा आमा–छोरा

ADV
मध्यान्ह
२०८१ पुष ८ गते १७:५८
सँगै दिक्षित हुने तयारीमा आमा–छोरा

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औं दिक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दिक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरू आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोशाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दिक्षित हुने तयारीमा रहेका आमा र छोराले खुशी साटेका छन् ।

उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री (सिलवाल)र छोरा अभिनव सिलवाल एकसाथ दिक्षित हुने तयारी गरिरहेको सुनाए । ‘म अहिले ५० नाघिसकें । ललितपुरको नमूना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ । पढाइ छाडेको २० वर्ष भयो । घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन । तर अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु । र दिक्षान्तको तयारीमा छु,’ उनले भनिन्, ‘मैंले मेरा बच्चाहरुसँगै बसेर पढें । परिवारको साथ र सहयोगले पढाइ पुरा गरेर दिक्षित हुने रहर लागेको हो ।’

‘म अहिले औधी खुशी छु । पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु । मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु । गाउन लागएर छोरासँगै दिक्षित हुने रहर पूरा गर्दैछु,’ उनले भनिन् । छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दिक्षित हुने तयारी गर्न पाउँदा खुशी लागेको सुनाए ।  ‘यो मेरा लागि खुसीको पल हो । आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु,’ उनले भने । (एनएनबी)
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise