२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कतारमा प्रथम विश्व ध्यान दिवस एवम् स्व-जागरण ध्यान कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८१ पुष ८ गते २०:५३
Shares
कतारमा प्रथम विश्व ध्यान दिवस एवम् स्व-जागरण ध्यान कार्यक्रम सम्पन्न

दोहा, कतार : प्रथम विश्व ध्यान दिवसको अवसरमा जीवनयोग प्रयोगशाला दोहा, कतारको आयोजनामा 'प्रथम विश्व ध्यान दिवस एवम् स्व-जागरण ध्यान' कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावासको सभा हलमा शनिबार बिहान प्रयोगशाला कतारका अध्यक्ष कल्याण थापाको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

ncell

कार्यक्रममा  प्रमुख प्रशिक्षक रामजी खत्रीले सहभागी दिव्य मनहरूलाई स्वागत गर्दै गुरु वन्दना, सूक्ष्म व्यायामसहित स्व-जागरण ध्यान गराएका थिए । प्रशिक्षक रामजी खत्रीले कार्यक्रमको लागि सभा हल उपलब्ध गराएको राजदूतावास परिवार प्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गरे ।

एक दर्जनभन्दा बढी व्यक्तित्वहरूको उपस्थित रहेको ध्यान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले पहिलो तथा ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाएको गर्व महसुस गरेको बताउँदै नेपाल ध्यानका लागि उदगम थलो भएको धारणा राख्दै कैलाश पर्वतमा शिवले पार्वतीलाई ध्यान गराएको स्थान रहेको स्मरण गरे ।

उनले अहिलेको आधुनिक समाजलाई योग र ध्यान मार्फत जीवनशैलीमा सुधार गर्न सकिने बताउँदै कतारमा रहेका सामाजिक संस्थाहरूले मानव परोपकारी कार्यसँगै शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

सचिव अम्बिका पौडेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति थापाले सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै हरेक शुक्रबार बिहान हुने योगाभ्यास कार्यक्रम सहभागिताको लागि अनुरोध गरेका थिए ।

सम्बन्धित खबर