२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

इरान भ्रमणमा परराष्ट्रमन्त्री

ADV
२०८१ असार ९ गते ०६:५५
इरान भ्रमणमा परराष्ट्रमन्त्री

काठमाडौं : उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरानतर्फ प्रस्थान गरेका छन् । इरानको राजधानी तेहरानमा एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

तेहरानमा सोमबार आयोजना हुने बैठकमा श्रेष्ठले सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् । 

एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन् । 

श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीको बैठकमा भाग लिनेछन् । मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise