२०८१ पुष ९ गते मङ्गलवार / Dec 24 , 2024 , Tuesday
२०८१ पुष ९ गते मङ्गलवार

भन्सार सञ्चालनमा नआए अनशनको घोषणा

ADV
मध्यान्ह
२०८१ पुष ८ गते २१:३३
भन्सार सञ्चालनमा नआए अनशनको घोषणा

रौतहट क्षेत्र नं. २ (क) का जनमत पार्टीको विधायक प्रत्याशी मोहम्मद आलम (उर्फ बाबू साहेब)ले आफ्नो क्षेत्रमा रहेको छोटी भन्सार सञ्चालन नभएको विषयमा गम्भीर असन्तोष व्यक्त गर्दै आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

मोहम्मद आलम उर्फ बाबू साहेबका अनुसार, उक्त भन्सार सञ्चालन नहुँदा स्थानीय आर्थिक गतिविधिमा असर परिरहेको छ । व्यवसायी, व्यापारी र सर्वसाधारणले व्यापारिक सहजीकरणमा समस्या भोगिरहेको र यसले रोजगारका अवसरहरूमा पनि कमी ल्याएको उनले बताएका छन् ।

उनले स्थानीय प्रशासन र सरकारलाई पटक–पटक यस विषयमा ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको कारण अनशनको निर्णय लिएको बताए । अब यस विषयले स्थानीयस्तरमा मात्र होइन, राष्ट्रिय चासोसमेत लिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise