२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मेलम्चीको पानी फेरि अनिश्चित !

ADV
शिव विक
२०८१ असार ९ गते ०७:००
मेलम्चीको पानी फेरि अनिश्चित !

काठमाडौं : मेलम्ची खानेपानी फेरि जुनसुकै बेला बन्द हुन सक्ने भएको छ ।  मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार मनसुन सुरु भएले धेरै वर्षत भए मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुन सक्छ । बर्सात धेरै भएर बाढी आउने अवस्थामा सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको खानेपानी बन्द हुन सक्छ । 

हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र क्षति पु¥याउने खालको बाढी आउने अवस्थामा तत्काल पानी बन्द हुने बताए । 

उनले काठमाडौँमा हाल दैनिक १७ करोड लिटर हाराहारी पानी आइरहेको बताए । बाढीको लेदो पसेको अवस्थामा सुरुङमा खतरा उत्पन्न हुने भएकोले जुनसुकै बेला पानी बन्द हुनसक्ने बताए । जहिलेसम्म पानी पठाउन सकिन्छ त्यसका लागि खटिइरहेको र कर्मचारी परिचालन गरिरहेको जानकारी दिए ।  

आयोजनाको गेट बन्द गर्नुपर्ने अवस्थामा ४ जना कर्मचारीलाई तयारी अवस्थामा राखिएको र आयोजनाभन्दा माथिको भागमा बाढी आएको सूचना दिनमा लागि पनि मान्छे राखिएको लामिछानेले बताए । 

२०७८ साल असार १ गते मेलम्ची नदीमा आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाका संरचनाहरूमा ठुलो क्षति पु¥याएको थियो । 

सुरुङभित्र पानी पठाउनुअघि त्यसलाई विभिन्न चरणमा फिल्टर गर्ने, मसिना ढुंगा, बालुवा लगायतका छान्ने संरचनाहरू सबै बाढीले बढाएका कारण पनि संवेदनशील हुनुपरेको उनले बताए । अहिले त्यस्ता केही पनि संरचना नभएकोले सुरुङमा बाढीको लेदो पस्ने जोखिम रहेको उनको भनाइ छ । 

पानी पठाउन बन्द भएपछि मनसुन रोकिएसँगै आयोजना स्थलमा भरिने ग्रेगान सफा गरेर काठमाडौँमा पानी पठाइन्छ । अहिले सुरुङको मुखमा फलामका ठुला पाता राखेर सुरुङभित्र बाढीले ल्याएका ग्रेगान प्रवेश रोक्न सुरक्षा गर्ने काम भइरहेको छ । 

आयोजनाको मुहानस्थल आठ सय मिटरदेखि एक किलोमिटर कहाँ सार्न सकिन्छ भन्ने बारेमा अध्ययन कार्य पनि जारी रहेको अधिकारीहरूले बताएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise