काठमाडौं : मंगलबार नेप्से परिसूचक १४ अंकले बढेर २६२६.३१ बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार रकममा पनि थोरै वृद्धि भएको छ ।
३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भइ ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
उपसमूहतर्फ मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचकमा मात्र गिरावट आयो । बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन् । विशेषगरी, विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्न सफल भएको छ ।