२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सव सम्पन्न

ADV
मध्यान्ह
२०८१ असार ८ गते २२:४५
बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सव सम्पन्न

काठमाडौं : बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सव सम्पन्न भएको छ ।  तीन  दिवसीय कार्यक्रमको आयोजना गरी केन्द्रले वार्षिकोत्सव मनाएको हो ।

पहिलो दिनको कार्यक्रम योग जागरण र रक्तदान गर्न उत्प्रेरित गरिएको थियो । यस्तै दशौं अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरिको  तारकेश्वर नगरपालिका पतञ्जली योग समितिका अध्यक्ष चन्द्र सापकोटाले शुभारम्भ गरेका थिए । उक्त  प्रभातफेरीमा सातवटा योग साधना केन्द्रका साधाक÷साधिका, स्थानीयवासी, प्रहरी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

दोस्रो दिनको कार्यक्रम अन्तर्गत असार ७ गते वार्षिकोत्सवका दिन तारकेश्वर नगरपालिका ४ को वडा सदस्य बिन्दु थापा सापकोटाको प्रमुख आतिथ्यतामा योग अभ्यास, योग आसन, खेलकुद, रचना वाचन, योग र दर्शनको प्रवचन र साथमा विभिन्न विशिष्ट व्यक्तिहरुले  शुभकामना व्यक्त गरेका थिए । 

तेस्रो दिन असार ८ गते वृहत् रक्तदानको आयोजना गरिएको थियो । तारकेश्वर नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रममा  झण्डै एक सय जना रक्तदाताबाट रगत संकलन  गरिएका थियो  । 

अन्त्यमा  तीन दिने कार्यक्रमा विभिन्न विद्यामा भाग लिने सहभागीहरु,रक्तदान गर्ने रक्तदाताहरु, वार्षिकोत्सव भव्य बनाउन सहयोग गर्ने महानुभावहरुलाई प्रशंसा पत्र, सम्मान पत्र प्रदान गर्दै समापन गरिएको थियो । 

कार्यक्रमका सञ्चालक राजेन्द्र घिमिरे सागरले यो कार्यक्रमले योग जागरण र रक्तदान गर्नमा देशव्यापी रुपमा उत्साह हुने विश्वास व्यक्त गरेका थिए । 

कार्यक्रममा अध्यक्ष सुमन थापाले सत् कर्ममा निरन्तर लागि रहेकाले हाम्रो परिचय हाम्रो गतिविधिले गराउने बताउँदै कार्यक्रम सफल बनाउने सबैलाई धन्यवाद ज्ञापन गरे । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise